धादिङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । फाल्गुन ६, धादिङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
धादिङबेंसी जाने बाटोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
घटनास्थल मलेखुबाट करिब ८ किलोमिटर भित्र पर्दछ । मोटरसाइकलसहित चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
केहीबेर अघि भएको घटनाको विस्तृत विवरण आउन बाँकी छ ।