ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ६, आइसिसी पुरुष टि २० विश्वकप ग्लोबलछनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो । खेल पौने १२ बाट सुरु हुनेछ ।

ग्लोबल छनोटअन्तर्गत नेपालले समूहको पहिलो खेल ओमानविरुद्ध खेल्दैछ ।

नेपाल आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा छ ।

प्रकाशित : 18 February, 2022

प्रतिक्रिया दिनुहोस्