त्रिविमा स्ववियु निर्वाचनः१३ वर्षदेखि नियमति हुन सकेन

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ८, विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन हुन सकेको छैन ।

प्रत्येक दुईरदुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन ।

पञ्चायतकाल, सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासनकालमा पनि नियमित हुँदै आएकोमा अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने स्ववियु निर्वाचन १३ वर्षदेखि हुन सकेको छैन । गणतन्त्र स्थापना भएपछि एक पटक मात्र भएको निर्वाचन त्यसपछि भने नियमित हुन नसकेको हो ।

त्रिविले शैक्षिक क्यालेन्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । वि।सं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोकिएको छ । वि।सं २०६५ पछि एकै पटक आठ वर्षपछि २०७३ चैत १५ गते भएको थियो । २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि नियमति स्ववियु निर्वाचन भएको छैन ।

 

प्रकाशित : 20 February, 2022

प्रतिक्रिया दिनुहोस्