१८ वर्षभन्दा माथिका नागरिकलाई देशभर बुस्टर डोज

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, पूर्ण खोप लगाएको ६ महीना पूरा भएका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचना जारी गरी बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ।मन्त्रालयका अनुसार, उपलब्ध भएसम्म आफूले पहिले लगाएको खोप वा उक्त खोप उपलब्ध नभएको खण्डमा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, जोन्सन एन्ड जोन्सन वा फाइजर खोपलाई बुस्टर डोजको रूपमा दिने दिइनेछ।

कोरोनाभाइरसको सङ्क्रमण भएकाले सङ्क्रमणमुक्त भएको एक महीनापछि पहिलो मात्र या बुस्टर डोज लगाउन मिल्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित : 22 February, 2022

प्रतिक्रिया दिनुहोस्