एमसिसीविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन १०, सर्वोच्च अदालत प्रशासनले अमेरिकी सहयोग परियोजना एमसिसीविरुद्ध परेका रिट दर्ता गर्न अस्वीकार गरेको छ।
एमसिसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नभएको भन्दै अधिवक्ताहरू सुरेन्द्र भण्डारी र स्वागत नेपाल सर्वोच्च पुगेका थिए ।उनीहरुको रिट बारेको मुद्दा संसदमा पेश भइसकेको भन्दै दरपीठ गरेको हो । भण्डारीको रिटमा एमसिसीबारे संसदबाट निर्णय नगर्नु भनी आदेश जारी माग गरिएको थियो ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विरोध र विवादकाबीच सरकारले एमसिसी संसदमा टेबल गरिसकेको छ । यसअघि पनि एमसिसीविरुद्ध अधिवक्ता भण्डारी लगायतको रिट परिसकेको थियो ।