सेल्सबेरी ग्रुप ८औं वर्षमा प्रवेश

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ११, सेल्सबेरी ग्रुप ८औं वर्षमा प्रवेश गरेको छ ।

सेल्सबेरी ब्रान्डलाई ग्राहकहरुले माया र विश्वास गरेकै कारण सञ्चालनको ७ औं वर्ष सफलताका साथ पूरा गरी ८औं वर्षमा प्रवेश गरेको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा अझ विशिष्ट सुविधा तथा परिस्कृत सेवामा समर्पित हुने प्रतिवद्धता ग्रुपले जनाएको छ ।

वार्षिक उत्सवको अवसरमा ग्रुपले त्रिपल एट .८–८–८० अफर सञ्चालन गरेको थियो । उक्त अभियान १–८ फागुनसम्म सञ्चालन भएको थियो । उक्त अभियानमा सहभागी भएका मध्ये ८ जनाले असीमित निःशुल्क सपिङ अफर जित्न सफल भएको ग्रुपले जनाएको छ ।

 

प्रकाशित : 23 February, 2022

प्रतिक्रिया दिनुहोस्