प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल चल्दै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १२, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता चलिरहेको छ ।

भेटमा उहाँहरूबीच संसद्को अवरोध हटाउने र एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी हुनुहुन्छ ।

यसअघि आजै प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच संसद् भवन नयाँ बानेश्वरमा ‘वान टु वान’ र शीर्ष नेताको तहमा छलफल भएको थियो ।

 

प्रकाशित : 24 February, 2022

प्रतिक्रिया दिनुहोस्