युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट

काठमाडौं । फाल्गुन १३, रुसी आक्रमणबीच युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट भएका छन् ।
शुक्रवार मध्य किएभमा दुईवटा ठूलो विस्फोट र त्यहाँबाट अलि पर तेस्रो विस्फोट भएको सुनिएको सीएनएनले जनाएको छ ।
आन्तरिक मामिलासम्बन्धी पूर्वउपमन्त्री एन्टोन हेराश्चेन्कोलाई उद्धृत गर्दै युक्रेनी समाचार संस्था युनियानले जनाएअनुसार दुईवटा विस्फोट भएको सुनिएको थियो।
त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको उनले बताएका छन् ।