बेलायतमा पहिलो नेपाली महिला कानुन व्यवसायी बनिन् स्नेहा

काठमाडौं । फाल्गुन १३, बेलायतमा पहिलो पटक नेपाली मूलकी महिला स्नेहा शाक्य श्रेष्ठ कानुन व्यवसायी बनेकी छन्। बेलायतमा भने प्राक्टिसिङ ब्यारिष्टर भन्ने गरिन्छ ।
अन्तिम तालिम प्युपिलेजसके पछि गएको साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत कानून व्यवसायी ब्यारिष्टरका रूपमा सूचीकृत भएकी हुन्। कानुन व्यवसायलाई बेलायतमा सम्मानित र उच्च तहको कमाई हुने पेशाका रुपमा लिइन्छ।
श्रेष्ठले अब अपराध, परिवारसित सम्बन्धित बालबालिका र अध्यागमनसँग सम्बन्धीत कानुनी अभ्यास गर्नेछिन्। युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किङ्ग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्।