डा.केसी भन्छन्– एक्काइसौँ शताब्दीको हिटलर पुटिन

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १५, शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘एक्काइसौँ शताब्दीका हिटलर’को संज्ञा दिएका छन् ।

युक्रेनमाथि रुसले गरेको सैन्य आक्रमणप्रति इंगित गर्दै डा. केसीले पुटिनलाई हिटलर भन्दा पनि क्रूर भएको बताएका हुन् ।

आफू प्युठान जाने क्रममा गुल्मीको तम्घासमा रहेको भन्दै उनले एक हस्तलिखित ब्यानरको फोटो सार्वजनिक गरेका छन् ।डा। केसीले बोकेको ब्यानर र उनले पठाएको सन्देश यस्तो छ–
रुसले युक्रेनमाथि गरेको युद्ध अपराधको पराकाष्ठा हिजो राति बीबीसीलगायत विभिन्न समाचारमाध्यमबाट अवगत भयो । एक्काइसौँ शताब्दीमा पनि यस्तो हुनसक्छ भनेर कल्पना पनि गर्न सकिँदैन ।

एक्काइसौँ शताब्दीको हिटलर पुटिन । हिटलर भन्दा पनि क्रूर । संसारभरिका सबैले यसको घोर विरोध र भर्त्सना गर्नुपर्दछ र रोक्ने प्रयास गर्नुपर्छ ।

म प्युठान जानेक्रममा अहिले गुल्मीको तम्घासमा छु । म यो घटनाले आहत भएको छु र सबै नेपालीहरू आहत छन् । म रेसुंगा तपोभूमिमा गएँ र मन्दिरमा कसैले चढाएको पताकामा मन्दिरको अंगार ९साथमा साधारण कलम मात्र भएकोले०ले आफ्नो अभिव्यक्ति जाहेर गरेँ ।

प्रकाशित : 27 February, 2022

प्रतिक्रिया दिनुहोस्