माओवादी केन्द्रले एमसीसीका नाममा तमासा देखायोः ओली
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन १३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नाम मात्रैको भएको बताएका छन् ।
एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता परीक्षणमा अध्यक्ष ओलीले माओवादीले एमसीसीका नाममा तमासा देखाएको समेत आरोप लगाए। उनले भने, तमासाको पनि हद हुन्छ नि । सरकारमा पनि उनै छन्, प्रहरी देख्नै हुँदैन, ढुंगा हान्न लगाउँछन् ।
एमसीसी पास गर्ने भनेर अमेरिकालाई निवेदन पनि लेख्ने अनी ढुंगा पनि हान्ने । उनले एमसीसी सम्झौता गर्ने अनि सडकमा तमासा पनि गर्ने भन्दै माओवादी केन्द्रलाई प्रश्न गरे ।
ओलीले भने, एमसीसीका बारेमा फरकफरक कुरा आइरहेका छन् ।