संसद भवन अगाडि राखिएको शंकास्पद वस्तु डिस्पोज

काठमाडौं । फाल्गुन १६, संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो ।
संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए ।
त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।