ओली फोबियाले एमसीसीकै पक्षमा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अनुमोदनका पक्षमा उभिनुको प्रमुख कारण हो ।

केपी शर्मा ओली फोबिया। कांग्रेसले सत्ता गठबन्धन भत्काएर एमालेसँग मिली एमसीसी अनुमोदन गरे आफू समाप्त हुने निष्कर्षमा पुगे यी दुई दल। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले त ‘ओली फेरि शक्तिमा आए देश नै खाइदिने’ बताए।

आफैं पास गराउन तयार भएको एमसीसीलाई ओली नेतृत्वको सरकारले नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरूले बचाएको दाबीसमेत नेपालले गर्दै आएका थिए।

अध्यक्ष नेपालले भनेका छन्, ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एउटा गठबन्धन अहिलेसम्म छ। के होला भोलि भन्ने सबैको मनमा कौतुहल चलिरहेको छ। र कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन्, सर्त राखेर। कस्तो सर्त भन्दाखेरी पूर्वाग्रहपूर्ण सर्त छ। सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्ट्याएर निकाल्नुपर्छ।

माधव नेपालसहितका १४ जनालाई सिध्याई दिनुपर्छ।’ नेपाल मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत ‘ओली फोबिया’ग्रस्त छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले ओलीबीच बाक्लो भेटघाट सुरु भएपछि आफूहरू एमसीसीको पक्षमा जानु परेको दाहालले बताउँदै आएका छन्।

प्रकाशित : 2 March, 2022

प्रतिक्रिया दिनुहोस्