केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनाङ मर्स्याङ्दीका प्रशिक्षक तोपेले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८,हालै सम्पन्न शहीद स्मारक ए डिभिजन लिगमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियाली प्रशिक्षक फुजा तोपेले राजीनामा दिएका छन् ।

२०७५ सालदेखि घरेलु फुटबलको महारथी क्लब मनाङको प्रशिक्षण सम्हालेका उनले मंगलबार राजीनामा दिएको क्लब स्रोतले जानकारी दिएको छ ।

ए डिभिजन लिगमा यो वर्ष मनाङले पाँचौं स्थानमा खुम्चिनु परेकोमा उनले आफूलाई जिम्मेवार मानेका छन् । २०७५ सालमा आयोजित ए डिभिजन लिगमा मनाङलाई विजेता बनाएपछि उनको चर्चा चुलिएको थियो । २०७६ को लिगमा मनाङ तेस्रो भएको थियो । नाइजेरियाको यू–१९ राष्ट्रिय टोलीको अनुभव लिइसकेका तोपेको प्रशिक्षणमा मनाङले मोफसलका केही नकआउट प्रतियोगिता पनि जितेको थियो ।

यस सिजनको लिगमा मनाङले ४ हार, ३ बराबरी र ६ जितको नतिजासहित पाँचौं स्थानमा रहनुपर्‍यो । कीर्तिमानी ८ पल्टको च्याम्पियन मनाङ २०६९ यता पहिलोपल्ट लिगको शीर्ष तीनमा पर्न असफल भएको थियो ।

प्रकाशित : 2 March, 2022

प्रतिक्रिया दिनुहोस्