काँग्रेस मकवानपुरः एक सहसचिवबाहेक पदाधिकारीमा संस्थापन इतर पक्षका उम्मेदवार विजयी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार भएको पदाधिकारीतर्फ संस्थापन इतर पक्षले जित हात पारेको छ । बुधबार सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणाममा संस्थापन पक्षका उम्मेदवारलाई पछि पार्दै इतर पक्ष उम्मेदवारले जित निकालेका हुन् ।

कुल ६ जना पदाधिकारीका लागि भएको निर्वाचनमा संस्थापन पक्षले एक सहसचिव पदमा जित निकाल्दा ५ जना संस्थापन इतरबाट विजयी भएका छन् । मकवानपुरमा संस्थापनको नेतृत्व बुद्ध लामा र आनन्द पराजुलीले गरेका थिए भने इतर पक्षको नेतृत्व जयराम लामिछानेले गरेका थिए ।

प्रकाशित : 2 March, 2022

प्रतिक्रिया दिनुहोस्