भारतीय विद्यार्थीहरूलाई कुटपिट गरी युक्रेन फिर्ता पठाइएको बेलारूसी राजदूतको दाबी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, पोल्याण्डसँगको सीमामा तैनाथ सुरक्षाकर्मीले करिब १०० भारतीय विद्यार्थीलाई कुटपिट गरी युक्रेन फिर्ता पठाएको बेलारुसले दाबी गरेको छ।

यी विद्यार्थीलाई रोमानियाको शरणार्थी शिविरमा स्थान दिइएको बताएको छ। संयुक्त राष्ट्रसङ्घका लागि बेलारुसका राजदूत भ्यालेन्टिन रिबाकोभले बुधबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्।

रिबाकोभले भने, ुपोल्याण्डका सीमा सुरक्षाकर्मीले फेब्रुअरी २६ मा करिब १०० भारतीय विद्यार्थीको समूहलाई कुटपिट गरे र युक्रेन फिर्ता पठाए। जसलाई रोमानियाको शरणार्थी शिविरमा राखिएको छ।

संयुक्त राष्ट्रसंघका लागि युक्रेनका राजदूत सर्गेई किसलित्स्याले रुसी आक्रमणबाट एक भारतीय विद्यार्थीको मृत्यु भएको र एक चिनियाँ नागरिक घाइते भएको बताएका छन्।

किसलित्स्याले भने, ुयुक्रेनले यी दुर्घटनाहरूमा गहिरो दुःख व्यक्त गर्दछ। हामी भारतमा ती विद्यार्थीको पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

विदेश सचिव हर्षवर्धन श्रृङ्लाले मंगलबार करिब ८ हजार भारतीय अधिकांश विद्यार्थी युक्रेनमा फसेका बताए। भारतले युक्रेनका छिमेकी देश रोमानिया, हंगेरी र पोल्याण्डबाट आफ्ना नागरिकलाई विशेष उडानमार्फत सुरक्षित निकाल्ने प्रयास गरिरहेको छ। बीबीसी

प्रकाशित : 3 March, 2022

प्रतिक्रिया दिनुहोस्