शुक्रबार बाट संवैधानिक इजलास बस्ने
काठमाडौं । फाल्गुन १९, सर्वोच्च अदालतमा पाँच महिनापछि संवैधानिक इजलास बस्ने भएको छ ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले इजलासका लागि रोस्टरमा रहेका न्यायाधीशहरूबीचको अनौपचारिक छलफलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने निर्णय गरेको जानकारी दिए । अब संवैधानिक इजलास सुरु हुने भएको छ । शुक्रबार नयाँ दर्ता भएका मुद्दाहरूको पेसी तोकिन्छ । बुधबार–बुधबार प्रक्रियामा रहेका मुद्दाहरू हेरिन्छन्,’ उनले भने ।
हाल सर्वोच्चमा तीन सयभन्दा बढी रिट दर्ता भएका छन् । सर्वोच्चको तथ्यांकअनुसार २९ भन्दा बढी रिट केवल दर्ता भएर थन्किएका छन् । दर्ता भएका ६ वटा मुद्दाहरूको पनि फछ्र्योट हुन सकेको छैन । संवैधानिक इजलास बस्न नसक्दा दर्ता भई इजलासमा प्रवेश पाइसकेका मुद्दाहरूको संख्या बढ्दै गएको छ ।
१० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो । इजलासमा क–कसलाई राख्नेरनराख्ने कुरा इजलासको नेतृत्वकर्ताको विषय हो ।
संविधानको धारा १३७ मा संवैधानिक इजलासको व्यवस्था छ । जसमा प्रधानन्यायाधीशले संवैधानिक इजलासको नेतृत्व गर्नुपर्ने उल्लेख छ । उक्त धाराको उपधारा ९१० ले इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चारजना न्यायाधीश रहने जनाउँछ ।
परिषद्ले १२ जनाको रोस्टर बनाएकोमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा बिदामा छन् । ‘बाँकी रहनुभएका १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो । इजलासमा क–कसलाई राख्ने÷नराख्ने कुरा इजलासको नेतृत्वकर्ताको विषय हो,’ प्रवक्ता पौडेलले भने ।
संवैधानिक इजलास पछिल्लो पटक १३ असोजमा बसेको थियो । त्यसयता निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि कार्यपालिकामा भाग खोजेको तथा न्यायालयमा भ्रष्टाचार बढाएको आरोप लगाउँदै कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले आन्दोलन थालेपछि तीन महिनाभन्दा बढी यो इजलास प्रभावित बनेको थियो ।