कोरोनापछि विस्तारै लयमा फर्किंदै दोहोरीसाँझ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, कोरोना महामारीका कारण थिलोथिलो बनेका दोहोरीसाँझ ९रेस्टुरेन्ट०हरु विस्तारै लयमा फर्किंदैछन् । कोरोनाको तेस्रो लहरपछि खुलेका दोहोरीसाँझ यतिबेला विस्तारै पुरानै लयमा फर्किदै गएका हुन् ।कोरोना महामारीमा सबैभन्दा पहिले बन्द हुने र पछि खुल्ने क्षेत्रमध्येमा रात्रिकालीन व्यवसाय अन्तर्गत दोहोरीसाँझ थियो ।

तेस्रो लहरको कोरोना संक्रमण कम हुँदै गएसँगै खुलेका दोहोरी साँझहरु विस्तारै लयमा फर्किंदै गएको व्यवसायीहरु बताउँछन् ।अहिले दोहोरीसाँझको माहोल पहिलेकै अवस्थामा नफर्किएपनि सामान्य बन्दै गएको काठमाडौंको मित्रनगरमा रहेको शान्ति दोहोरीसाँझका सञ्चालक अञ्चल शाहीले बताए । ‘पहिलेकै जस्तो त नभनौं । तर मानिसहरु राम्रै संख्यामा आउनुहुन्छ । अहिले त्यति धेरै असर परिरहेको छैन,’ उनले अनलाइनखबरसँग भने ।

कोरोनाका कारण दोहोरीसाँझ बन्द हुँदा त्यसमा आवद्ध सयौं कलाकारहरु बेरोजगार भएका थिए । उनीहरुले लामो समय फुर्सदमा बिताउनुपरेको थियो । अब भने उनीहरु पहिलेझैं ब्यस्त बन्दै गएका छन् । दरबारमार्गमा रहेको ‘दरबार दोहोरी’मा गाउँदै आएकी गायिका मीरा गिरी कोरोनापछि दोहोरीसाँझको माहोल र आफूहरुको दैनिकी विस्तारै लयमा फर्किंदै गएको बताउँछिन् ।

 

प्रकाशित : 3 March, 2022

प्रतिक्रिया दिनुहोस्