अमेरिकाद्वारा युक्रेनको दुईवटा माग अस्वीकार

काठमाडौं । फाल्गुन २२,युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन बनाउन अमेरिकी कंग्रेससँग फेरि आग्रह गरेका छन् ।
उनले भिडियो लिंक मार्फत करिब ३०० कांग्रेस सांसदहरुलाई सम्बोधन गरेका हुन् । योसँगै जेलेन्स्कीले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गर्दै रुसी सेनासँग प्रतिस्पर्धा गर्न रुसले बनाएका लडाकु विमान प्रदान गर्न आग्रह गरे ।
युक्रेनी पाइलटहरूलाई यी विमानहरू कसरी सञ्चालन गर्ने भन्ने थाहा भएको उनले बताए।