नेक्ससले उचाल्यो उपाधी

काठमाडौं । फाल्गुन २२, नेक्सस स्कुल छैटौं अर्किड कप सेभेन ए साईड अन्तराबिद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा उपाधी उचाल्न सफल भएको छ ।
शुक्रबार सम्पन्न फाईनल खेलमा मनकामना स्कुललाई ३ – १ गोल अन्तरले पराजित गर्दै नेक्ससले उपाधी उचालेको हो । नेक्ससका लागि तीनै गोल राज मगरले गरेका थिए ।
पहिलो हाफको पहिलो मिनेटमानै राजले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । यस्तै राजले खेलको २६ औं मिनटमा अर्को गोल गर्दै गोल अन्तरलाई २–० मा पुर्याए ।
दोश्रो हाफको ८ औं मिनटमा मनकामनाका सुमन सुनारले आफ्नो टोलीका लागि गोल गर्दै गोल अन्तरलाई २–१ मा झारे । दोश्रो हाफको १५ औं मिनटमा नेक्ससका राजले पुन अन्तिम तथा निर्णायक गोल गर्दै ब्यक्तिगत ह्याट्रिक सहित ब्यक्तिगत ३ गोल गर्दै उपाधीलाई आफ्नो टोलीको बनाउन सफल भए ।