चुनावले छोयो राजनीतिक पार्टीलाई गाउँ–गाउँमा पुगे नेता
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन २२, मुगुका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पस्न थालेका छन् ।
सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेकाले नेता–कार्यकर्ता गाउँ–गाउँमा पग्न थालेका हुन् ।
चुनावको मिति घोषणा गरेपछि कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी माओवादीलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् ।
जाडो छल्न प्रदेश राजधानी सुर्खेत र तराईका विभिन्न जिल्लामा गएका राजनीतिक दलका नेता–कार्यकर्ता पनि जिल्ला फर्किएर गाउँ केन्द्रित हुन थालेका छन् । ‘अब चुनाव लागिसक्यो’, नेकपा एकीकृत समाजवादी, मुगुका अध्यक्ष धर्मबहादुर शाही भन्नुहुन्छ– ‘कसरी पार्टीलाई जिताउने भनेर गाउँ–गाउँमा कार्यकर्ता भेटघाट, भेला, प्रशिक्षण शुरु गरिसकेका छौं ।