बारको निर्वाचनमा सत्ता गठबन्धनले उम्मेदवार टुंग्यायो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २३, सत्ता गठबन्धनले नेपाल बार एसोसियसनको निर्वाचनका लागि नेतृत्व टुंग्याएको छ।

 

सत्ता गठबन्धनले वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा प्यानल बनाएर अघि बढ्ने सहमति भएको हो।

आइतबार बसेको सत्तागठबन्धका नेताहरुले घिमिरेको नाममा सहमति जुटाएका हुन्। उनी कांग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलएका पूर्वअध्यक्ष हुन्।

घिमीरेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंगो लागेको अन्नपूर्णलाई जानकारी दिए। महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ। चैत १९ मा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुँदैछ।

प्रकाशित : 7 March, 2022

प्रतिक्रिया दिनुहोस्