५० वर्षे इतिहास बोके पनि नेविसंघले नपाएको महिला नेतृत्व

काठमाडौं । फाल्गुन २४, नेपाल विद्यार्थी संघको तदर्थ कमिटीमा महिला नेतृत्वको दाबी गर्दै केही महिला नेता शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगे।
उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, सहमहामन्त्रीहरु भीष्मराज आङदेम्बे, जीवन परियार, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलगायतलाई भेटेर उनीहरुले ज्ञापनपत्र पनि बुझाए।
नेपाली कांग्रेसको सबैभन्दा जुझारु संगठन नेविसंघ कोमाुको अवस्थामा पुगेपछि उनीहरुजस्ता जुझारु विद्यार्थीमा चिन्ता बढेको छ। २०२७ सालमा स्थापना भएको संघ महाधिवेशन नभएपछि भंगको अवस्थामा छ। बलियो भ्रातृ संगठनका रुपमा पहिचान बनाएको नेविसंघको चाँडै तदर्थ समिति गठन गर्ने वचन माउ पार्टी कांग्रेसले दिइसकेको छ।
फागुन मसान्तभित्र महाधिवेशन गर्न सक्ने नेतृत्वसहित तदर्थ समिति गठनको तयारीमा केन्द्रीय समिति लागेको छ। फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवाको परामर्शमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो।
शुक्रबार ज्ञापनपत्र बुझाउन पुग्नेमा एक जना थिइन्, पूर्व केन्द्रीय सदस्य गीता गुरुङ। छात्रालाई नेतृत्व माग्दै डेलिगेसन पुगेको भेटमा पदाधिकारीको प्रतिक्रिया कस्तो रह्यो तरु
ुपदाधिकारीहरु पोजिटिभ हुनुहुन्छ। कन्भिन्स हुनुहुन्छ। तर, आश्वासनले मात्र त भएन,ु नेविसंघकी नेतृ गुरुङले सुनाइन्। विद्यार्थी आन्दोलनमा छात्राहरु सक्रिय रुपमा लागेको उल्लेख गर्दै उनले केन्द्रीय नेतृत्वमा आफ्नो पनि दाबेदारी रहेको सुनाइन्।
ुम स्वाभाविक रुपमा अध्यक्षको दाबेदार हुँ। लोकतान्त्रिक दल कांग्रेसको भ्रातृ संगठन नेविसंघ महिलाले पनि हाँक्न सक्छ भनेर देखाउने बेला यही हो,ु गुरुङले भनिन्। नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा तीनतीन जना महिला नेतृत्व आइसक्दा नेविसंघमा एक जना पनि महिला नेतृत्व आउन नसक्नु बिडम्बना भएको उनको तर्क छ। अनेरास्ववियुमा रामकुमार झाँक्री, नवीना लामादेखि सुनिता बरालसम्मले नेतृत्व सम्हालिसकेको उल्लेख गर्दै कांग्रेसकै भ्रातृ संगठन भने समानताको नारामै सीमित रहेको गुरुङले गुनासो गरिन्।
नेविसंघकै पूर्व केन्द्रीय सदस्य एलिजा ढकाल पनि नेविसंघमा महिलाका लागि अझै लोकतन्त्र नआएको स्वीकार्छिन्। ुमहाधिवेशनमा त महिलालाई पत्याइएन नै, तदर्थ समितिमा समेत महिलालाई नेतृत्व दिइएको छैन,ु उनले भनिन्।
पछिल्लो पटक कांग्रेसले नेविसंघमा उमेर हद लागू गर्ने निर्णय गरेपछि छात्राहरु पनि नेतृत्वका लागि दौडधुपमा छन्। त्यसमध्येको एक दाबेदार हुन् ढकाल। ुआँट, क्षमता छ। नेविसंघमा नेतृत्व दिन तयार छु,ु उनले सुनाइन्।
विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाइ छ। काठमाडौंस्थित आरआर कलेजबाट नेविसंघमा राजनीति सुरु गरेकी तनहुँकी उनी चुनावी मैदानमा पनि नेतृत्वका लागि महिला विद्यार्थी भिड्न तयार रहेको बताउँछिन्।
नेविसंघमा नेतृत्व गर्न महिलाहरु तयार भइसकेको बताउँछिन् अर्का पूर्व केन्द्रीय सदस्य मेघा शाही। वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा दुई पटक इकाइ सभापति बनिसकेकी उनी नेविसंघको केन्द्रीय नेतृत्वमा महिला आउन ढिला भइसकेको तर्क गर्छिन्।