गाडीको ठक्करबाट महोत्तरीमा २ को मृत्यु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, महोत्तरीमा सुमो गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालक गौशाला नगरपालिका २ का २२ वर्षीय सञ्जित मण्डल र सम्सी गाउँपालिका १ पर्साका १२ वर्षका धिरज मण्डलको मृत्यु भएको छ।

औरही नगरपालिका ४ कठुधारस्थित माइस्थानमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र–०२–००१ च. ०८४१ नम्बरको सुमो गाडी ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका थिए।

जलेश्वर अस्पतालमा उपचारका क्रममास् गए राति उनीहरूको मृत्यु भएको हो।

दुवैको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नावय उपरीक्षक प्रकाश विष्टले बताए।

प्रकाशित : 8 March, 2022

प्रतिक्रिया दिनुहोस्