अक्षराले गर्यो युवा लेखक सम्मेलन

काठमाडौं । फाल्गुन २५, विद्यार्थीले आफ्नो क्षमता वृद्धि गरेर लेखन रणनीति सिक्न अनि एक शीर्षकमा आफ्ना विचारहरू तिखारेर सुन्दर रचना सिर्जना गरी त्यसलाई दृष्टान्तसहित चित्रण गर्न सक्छन भन्ने मुख्य उद्देश्य राखी अक्षरा स्कुलमा लेखक कार्यशालाको आयोजना गरेको छ ।
हरेक वर्ष आयोजना गर्ने लेखक कार्यशालामा विद्यार्थीहरूले नेपाली र अङ्ग्रेजी दुवै भाषामा कम्तिमा एकरएक पुस्तक लेख्ने गरेका विद्यालयले जनाएको छ ।
प्रक्रियागत रुपमा गरिने उक्त कार्यशालामा मस्तिष्क मन्थनबाट सुरु भएर विचार छनोट, लिखित तथा मौखिक सामग्रीहरू संकलन, खेस्रा लेखन, साफी लेखन, लेखाइको गुणस्तर बढाउने कार्य र त्यसको संशोधन गर्ने, व्याकरणलाई सुधार गर्ने र सम्पादन गर्ने अनि लेखिएका लेखलाई प्रकाशित गर्दै अन्त्यमा आफ्नो रचना प्रस्तुत गर्ने गरिएको विद्यालयको भनाइ छ । स्कुलले उत्सव रुपमा युवा लेखन सम्मेलन नाममा मनाइने गरेको छ।