‘ए मेरो हजुर ४’को ‘सुन्तला’ गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २५, अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ ।

वसन्त सापकोटाद्वारा संगीतबद्ध गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । यो डान्सिङ गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् ।

गीतमा कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

प्रकाशित : 9 March, 2022

प्रतिक्रिया दिनुहोस्