एकीकृत समाजवादीको केन्द्रीय कमिटी आज पनि बैठक बस्दै

काठमाडौं । फाल्गुन २६, नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।
आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्नेछन्। वटा समूह विभाजन गरेर छलफल भएको थियो। अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसिसी पास नगरेको भए पार्टीको अस्तित्व नै संकटमा पर्ने उल्लेख गरेका छन्।
काठमाडौंको बबरमहलस्थित एक ब्यांक्वेटमा जारी बैठक आजै सक्ने तयारी छ।