विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरेका बेनेटको निधन

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २६, सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको निधन भएको छ।

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो ५७ वर्षीय डेभिड बेनेटको मृत्यु भएको हो। उनमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु गत जनवरीमा प्रत्यारोपण गरिएको थियो।

सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको यो नै विश्वमा पहिलो घटना हो। अस्पतालका अधिकारीहरूले थप परीक्षण बाँकी रहेकाले उनको मृत्युको कारणबारे बोल्न चाहेनन्।

पछिल्ला दिन उनको अवस्था बिग्रिइरहेको थियो। यो शल्यक्रियाले काम गर्दैन भन्ने बुबालाई थाहा थियो तर यो नयाँ प्रयोगका लागि चिकित्सा समुदायप्रति आभारी हुनुहुन्थ्यो,बेनेटका छोरा डेभिड बेनेट जुनियरले भने, खासमा त्यो ‘चमत्कार’ नै भएको थियो।

उनको प्रत्यारोपण प्रक्रियामा सामेल चिकित्सकहरुले बेनेटलाई साहसी व्यक्ति भनेका छन्। उहाँले चिकित्सा विज्ञानलाई अगाडि बढाउन ठूलो योगदान पुर्‍याउनुभएको छ,उनीहरुले भनेका छन्।

गम्भीर हृदय रोगबाट ग्रसित बेनेटले मानव मुटु लिन अस्वीकार गर्दै आएकामा गत जनवरीमा सुँगुरको प्रयोगात्मक परीक्षणका लागि सहमति दिएका थिए।

प्रकाशित : 10 March, 2022

प्रतिक्रिया दिनुहोस्