एक्लै लड्दा कुनै पार्टीले पनि बहुमत ल्याउँदैनःप्रधानमन्त्री देउवा
काठमाडौं । फाल्गुन २६, प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् ।
उनले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताए ।
यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन सरकारका लागि गठबन्धन आवश्यक हुन्छ ।
हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो रु तपाईंहरूलाई थाहै छ,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ ।’
नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएपछि देशको अवस्थामा बदलाव आएको बताए ।
‘म प्रधानमन्त्री हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । वास्तवमा मैले त प्रधानमन्त्री हुन नै चाहेकै थिइनँ । मलाई गठबन्धनका सबै साथीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ,’ देउवाले भने, ‘अहिले परिस्थिति बद्लिएको छ । डरत्रास हटेको छ । लेख्ने बोल्ने स्वतन्त्रता प्राप्त भएको छ ।’