एमसीसी बारे भ्रम छरियो, नयाँ पुस्ताले आफैँले नपढ्दा असर गर्यो

काठमाडौं । फाल्गुन २७, एउटा विकास परियोजनामा केही विवादास्पद विषय भलै थिए होला तर यसरी नेपालको अस्तित्व नै सकिसकेको जस्तो कुरा ठूला र कथित विद्धानले गर्दा नयाँपुस्तामा अत्यावश्यक ज्ञानको अभाव देखिएको छ । भलै उसको देशभक्ति स्वभाविक नै थियो र हुन्छ नै । तर यसरी अनावश्यक राष्ट्रभक्ति देखिने गरी उस्काउन त भएन नि ।
आज प्रविधिले छलाङ मारिसक्दा हरेक किशोर किशोरीको हातमा मोबाइल र इन्टरनेटको पहुँछ छ । ऊ आफ्नो पढाइ र करियरतर्फ भन्दा सामाजिक संजाल र भिडियो गेमतर्फ मोडिन थालिसकेको छ । जसको प्रभावले विषयगत ज्ञानको खडेरी प्रष्ट रुपमा रहने नै भयो । विद्यार्थी सम्पूर्ण रुपमा शिक्षकमा निर्भर हुन्छ । त्यही नोट पढ्छ । तर आफू विषयवस्तुको गहन अध्ययन गर्ने र मनन गर्ने धृष्टता गर्दैन भने उसमा विषयवस्तुको अभाव अवश्य खड्किने नै भयो ।
अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० का हरेक विवादास्पद बुँदालाई सूक्ष्म ढङ्गले अध्ययन गर्ने हो भने ती विवाद अवश्य हैनन् । त्यहाँ कुनै सार्वभौमसत्ताको विषयमा हामी पछि पर्दैनौँ । तर तिनै विषयलाई गिजोलेर नयाँ पुस्ताको मनोविज्ञानलाई अन्त मोडिदिएर देशलाई मनोविज्ञानिक हिसाबले दुई भागमा बाँड्न तल्लीन तथाकथित राष्ट्रवादीको सकृयता धेरै भएको त हैन रु यसबारे पनि सोच्ने कि ?