लागु औषध सहित दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २७, प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा सवारी चेकजाँच गर्दा लागुऔषध भेटेपछि हेटौंडा–१५ का २१ वर्षका जलजला स्याङ्वो र बकैया गाउँपालिका ७ का २१ बर्षका आशिष बम्जनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले प्रयोग गरेको ना ८ प ५६५ र ना ३६ प ६९६१ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ५ स्य ८५ ट्याब्लेट, स्पामो प्रोक्सभेन २ सय ८८ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट १५ दिन हिरासतमा राख्न अनुमति लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : 11 March, 2022

प्रतिक्रिया दिनुहोस्