५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

काठमाडौं । फाल्गुन २७, ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।