केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णाली उत्सवको तेस्रो संस्करण गगनदेखि रामकुमारीसम्म वक्ता

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २८, शुक्रवारदेखि कर्णाली उत्सव ९कुडा कर्णालीका० को तेस्रो संस्करण सुरु हुने भएको छ। वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा उत्सव सुरु हुन लागेको हो। फागुन २९ गतेसम्म चल्ने उत्सवमा समसामयिक १२ वटा विषयभित्र रहेर सत्र सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।


धेरै पढिएको

बडुवाल हत्या प्रकरण स् काठमाडौँको आक्रमणको बदला लिन २१।।।।

सशस्त्र प्रहरीको बदमासी स् घरमा श्रीमती हुँदाहुँदै कान्छी ल्याएर।।।।

सामान्य विवादमा छिमेकीले दिए दर्दनाक मृत्यु, अडियो छाडेर अपराधी।।।।

विशेष गरी कर्णालीको सन्दर्भलाई उठान गर्ने गरी यो वर्ष पनि सत्रहरू सञ्चालन गर्न लागिएको आयोजक ऋती फाउन्डेसनका अध्यक्ष तथा कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिए।

यो पटक उत्सवमा पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’, दोस्रोमा ‘बजार विकास र हजार निकास’, तेस्रो ‘आरन अन्वेषण र आविष्कार’, चौथोमा ‘लगानीमा लगाम’, पाँचौँमा ‘झरो–उजेलोको खरो’, छैटौँमा ‘कर्णाली भेरी तीरै तीर भविष्यको पिर’ सत्र सञ्चालन हुनेछन्।

सातौँमा ‘रैबार र रैला’, आठौँमा ‘शून्य समय’, नवौँमा ‘वाद विवाद र संवाद’, दसौँमा ‘विकासको बाटो’, एघारौँमा ‘उमेरको उमङ्ग’ र बाह्रौँमा ‘कर्णाली चिन्तन ९दिगो विकास र कर्णाली०’ शीर्षकमा सत्रहरू सञ्चालन गरिनेछ।

पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’ मा गङ्गा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा, दोस्रो ‘बजार विकास र हजार निकास’ सत्रमा रेवती गुरुङ, वसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी, तेस्रो ‘आरन, अन्वेषण र आविष्कार’मा महावीर पुन, सहवीर कामी, डिबी नेपाली, कविता पाण्डे वक्ताका रूपमा रहनेछन्।

चौथो सत्र ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह, पाचौं सत्र ‘झरो–उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना वक्ता छन्।

‘कर्णाली भेरी तीरै तीर भविष्यको पिर’ सत्रमा डा। सुदीप ठकुरी, डा। राधा वाग्ले, कृष्ण रोकाया र युवराज कार्की, ‘रैबार र रैला’ सत्रमा डा। वैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइराला वक्ताका रूपमा हुनेछन्।

‘शून्य समय’ सत्रमा कर्णाली प्रदेश सभा सदस्यहरू देवी ओली, दानसिंह परियार र प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी वक्ताका रूपमा रहनेछन्।

‘वाद विवाद र संवाद’ सत्रमा प्रतिनिधि सभा सदस्य तथा काँग्रेस महामन्त्री गगन थापा र सहरी विकास मन्त्री रामकुमारी झाँक्री वक्ता हुनेछन्।

‘विकासको बाटो’ सत्रमा डा। विमला राई पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री विन्दमान विष्ट, मधु मरासिनी वक्ताका रूपमा रहनेछन्। ‘उमेरको उमङ्ग’ सत्रमा सुनिता रावल, पञ्चा सिंह, आरती लामा र पुनम भट्ट भट्टराई वक्ता छन् । कर्णाली चिन्तन सत्र डा। विश्व पौडेलले सञ्चालन गर्नेछन्।

कर्णाली उत्सवभर तीन वटा पैकलो आत्मकथा, कविता साँझ र गजल महाफिल पनि सञ्चालन गरिने आयोजक समिति सदस्य तिलक पौडेले जानकारी दिए।

प्रकाशित : 12 March, 2022

प्रतिक्रिया दिनुहोस्