सिन्ह्वाको क्यामरामा राष्ट्रिय पोशाक दिवस

काठमाडौं । चैत १, संसारका विभिन्न मुलुकमा राष्ट्रिय पोशाक दिवस मनाउने चलन छ ।
धेरैजसो देशले मार्च ६ तारिखमा उक्त दिवस आ–आफ्नै तरिकाले मनाउँछन् । तर, अफ्रिकी मुलुक ट्युनिसियाले भने प्रत्येक वर्ष मार्च १६ तारिखमा यो दिवस मनाउने गरेको छ ।
भोलि हुने राष्ट्रिय पोशाक दिवसलाई ध्यानमा राख्दै अस्ति आइतबार ट्युनिसियनहरु परम्परागत पोशाक लगाई राजधानी ट्युनिसमा भेला भएका थिए ।