युक्रेनको राजधानीमा शक्तिशाली बम पड्क्यो

सहयात्रा टिभी

काठमाडौं । चैत १, युक्रेनको राजधानी किभको भित्री भागमा आज बिहान सबेरै तीन वटा बम विस्फोट भएको छ ।

विस्फोटपछि धुवाँको कालो मुस्लो उठेपनि विस्तृत खबर आएको छैन । एएफपीका अनुसार बिहान झिसमिसे समय र निषेधाज्ञाका कारण सबै कुराको जानकारी प्राप्त नभएको हो ।

बीबीसीका अनुसार आज बिहान किभमा कम्तिमा दुई वटा ठूला विस्फोटका घटना भएका छन् । ती विस्फोट किभको पश्चिम भेगमा पर्ने बोर्सचागोभ्का जिल्लामा भएको हो । विस्फोटमा सर्वसाधारणको घर ध्वस्त भएको जनाइएको छ ।

प्रकाशित : 15 March, 2022

प्रतिक्रिया दिनुहोस्