एमाले संसदीय दलको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । चैत २, प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० संसदीय दलको बैठक बस्दै छ ।

आज दिउँसो ३ बजे बैठक बस्न लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमाले संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको माग पूरा नगरी अधिवेशन अन्त्यलगायत विषयमा छलफल हुने बताइएको छ ।

पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने मागसहित एमाले सांसदले लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका थिए । एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम–कारबाही अघि बढाएका थिए । यद्यपि, अधिकांश बैठक चल्न सकेको थिएन ।

 

प्रकाशित : 16 March, 2022

प्रतिक्रिया दिनुहोस्