सल्यानमा ई पासपोर्टको आवेदन संकलन सुरू

सहयात्रा टिभी

काठमाडौं । चैत २, जिल्ला प्रशासन कार्यालय सल्यानले विद्युतीय राहदानी ई(पासपोर्टका लागि आवेदन संकलन सुरु गरेको छ।

गत मंसिर १ गतेदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपीको आवेदन संकलन स्थगित गरिएपछि राहादानीको आवेदन लिइएको थिएन।

ई(पासपोर्टका लागि जैविक वितरणसहितको फारक संकलन सुरू गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ। कपुरकोट गाउँपालिका–५ की भिमा डाँगीको ई(पासपोर्टका लागि जैविक विवरण भरेर आवेदन लिन सुरू गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए।

नयाँ प्रविधि भएको हुँदा पहिलेको भन्दा त्रुटिरहित सेवा यसबाट प्रदान हुने उनको भनाइ छ। ई(पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छ।

आवेदन दिएको २० देखि ३० दिनभित्रमा ई(पासपोर्ट उपलब्ध हुने कार्यालयले जनाएको छ। जैविक वितरण जिल्ला प्रशासन कार्यालयमा आई भर्नुपर्ने छ भने अन्य विवरण फाराममार्फत भर्न सकिने छ।

प्रकाशित : 16 March, 2022

प्रतिक्रिया दिनुहोस्