रुसले मारियोपोलको अस्पताल कब्जा गर्दै

काठमाडौं । चैत ३, रुस र युक्रेनबीच तनाव सुरु भएको आज २१ दिन पुग्यो। रुसले लगातार युक्रेन सहरको नागरिक बस्तीमा बमबारी जारी राखेको छ।
आक्रमणमा धेरै भारतीयहरू फसेका थिए। उनीहरुलाई रुसी सहरबाट पनि फिर्ता ल्याइएको छ । खेरसनमा फसेका ३ जना भारतीयलाई सिम्फेरोपोल र मस्को हुँदै सुरक्षित स्थानमा ल्याइएको जनाएको छ।
रूसले मारियोपोलको सबैभन्दा ठूलो अस्पताल कब्जा गरेको छ। यहाँका उपमेयरले रुसी सेनाले चिकित्सक र बिरामीसहित ४०० जनालाई बन्धक बनाएको बताएका छन्। उनीहरुलाई बाहिर निस्कन दिइएको छैन । युक्रेनले युद्धमा करिब १३ हजार ५०० रुसी सैनिक मारिएको दाबी गरेको छ । धेरै सैन्य उपकरणहरू पनि नष्ट भएको जनाएको छ।
रुसी सेनाको बढ्दो आक्रमणका बीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्झौताको संकेत गरेका छन् । उनले भने( रुसले विरोध गरिरहेको अमेरिकी नेतृत्वको नेटो सैन्य गठबन्धनको सदस्य नहुने कुरा देशले स्वीकार गर्नुपर्छ।
दुई देशबीचको युद्धमा अहिलेसम्म ३ जना पत्रकारले ज्यान गुमाएका छन्। अमेरिकी टिभी च्यानल फक्स न्यूजका वरिष्ठ फोटो पत्रकार पियरे जाकारेभस्की र युक्रेनी पत्रकार अलेक्जान्ड्रा कुभशिनोभको युक्रेनमा समाचार संकलनका क्रममा मृत्यु भएको हो।
रुसको गोलीबाट उनको कारमा क्षति पुगेको थियो । सोही क्रममा फक्स न्यूजका पत्रकार बेन्जामिन हल घाइते भएका छन् । यसअघि रुसी आक्रमणमा अमेरिकी पत्रकार ब्रेन्ट रेनाउडको मृत्यु भएको थियो भने उनका सह पत्रकार जुआन एरेडोन्डो घाइते भएका थिए ।