देशभर अप्रत्याशित बढ्यो तापक्रम, तातो हावा चल्ने जोखिम उच्च

सहयात्रा टिभी

काठमाडौं । चैत ३, देशभरकै तापक्रम अहिले सरदरभन्दा बढी रहेको र तातो हावा चल्ने जोखिम बढेको चेतावनी विज्ञले दिएका छन्।

पछिल्लो केही दिनयता देशभर नै लगातार तापक्रम बढ्दो क्रममा देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाकी सिनियर डिभिजनल मेटेरोलोजिष्ट डा इन्दिरा कडेलका अनुसार पूर्वी नेपालका धरान, ओखलढुंगासहितका स्थानको अधिकतम तापक्रम पछिल्ला केही दिनमा सरदरभन्दा पाँच डिग्री सेसिल्सयसमाथि देखिएको छ।

डा कडेलले भनिन्, ‘देशका अधिकांश स्थानमा यो वर्ष मार्च लागेदेखिकै अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा माथि रेकर्ड भएको छ। देशका अधिकांश क्षेत्रको तापक्रम सरदरभन्दा दुई डिग्री सेल्सियस माथि देखिएकाले गर्मी बढी भएको हो।’

 

 

प्रकाशित : 17 March, 2022

प्रतिक्रिया दिनुहोस्