केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लिग २ को दोस्रो खेलमा यूएईसँग भिड्दै नेपाल

सहयात्रा टिभी

काठमाडौं । चैत ४, यूएई यात्राको दोस्रो खेल शुक्रबार बिहान ११ः१५ बजे शुरू हुनेछ।

दुबईमा हुने खेलमा नेपाल अंक तालिकमा माथि रहेको यूएईसँग प्रतिस्पर्धा गर्नेछ।

अहिलेसम्म यूएईसँग भएका चार वटा ओडीआईमा नेपालले दुई जितेको छ भने दुई हारेको छ। सन् २०१८ मा भएको खेलमा यूएईसँग ७८ रनले हार व्यहोरेको थियो।

त्यस्तै, सन् २०१९ को शुरूआतमा तीन वटा खेल भएका थिए। जसमा पहिलो खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो।

त्यसपछिका दुई खेल नेपालले ठूलो अन्तरले जितेको थियो। दोस्रो खेलमा १४५ रनले र तेस्रो खेलमा चार विकेटले जित निकालेको थियो।

लिग(२ अन्तरतग बुधबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युनिगीलाई पराजित गर्दै राम्रो शुरूआत गरेको छ। आजको खेलमा पनि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने कप्तान सन्दीप लामिछानेले जनाएका छन्।

प्रकाशित : 18 March, 2022

प्रतिक्रिया दिनुहोस्