पलविरुद्ध १४ वर्ष जेल सजायको माग, प्रहरीले जुटायो प्रमाण

सहयात्रा टिभी

काठमाडौं । चैत ५, नेपाली चलचित्रका नायक पल शाहविरुद्ध बिहीबार नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पलले एक नाबालिगमाथि बलात्कार गरेको अभियोगसहित मुद्दा दायर गरेको हो ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

पलविरुद्ध पहिलो चरणमा सात दिन र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्ज्वल महर्जनले पलविरुद्धका विभिन्न प्रमाण जुटाएर अदालतमा मुद्दा दायर भएको बताए ।

प्रकाशित : 19 March, 2022

प्रतिक्रिया दिनुहोस्