नागरिकता मुद्दामा सधैं राजनीतिक सौदाबाजी

काठमाडौं । चैत ४, जन्मसिद्ध नागरिकतावाला अभिभावकका सन्तान नागरिकताबाट वञ्चित भएको विषयलाई राजनीतिक दलले सधैं चुनावका बेला उठाउाछन् तर समाधानका लागि सक्रिय पहलकदमी लिँदैनन्
वीरगन्ज — वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी २५ वर्षीय श्याम पटेलले स्नातकसम्म अध्ययन गरेका छन् । पर्सा–बारा औद्योगिक करिडोरको परवानीपुरस्थित एक स्टिल उद्योगमा उनी दुई वर्षदेखि कार्यरत छन् तर अध्ययन र कामको तुलनामा तलब थोरै पाउँछन् ।
आफूसँग नागरिकता नभएकाले न्यून ज्यालामा काम गर्नुपरेको उनले सुनाए । झन्डै ४० वर्षदेखि नेपालमै बसोबास र कारोबार गर्दै आएका उनका बुबाको जन्मसिद्ध नागरिकता छ ।
बुबाको नागरिकता जन्मका आधारमा भएकैले श्यामले हालसम्म आफ्नो नागरिकता बनाउन सकेका छैनन् । ‘नागरिकताबिना एउटा सिमसमेत निकाल्न मिल्दैन,’ उनले भने, ‘६र७ वर्षदेखि जिल्ला प्रशासन कार्यालय धाइरहेको छु तर नागरिकता लिन सकेको छैन ।’