सेयर कारोबार बन्द भएको बारे छानबिन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । चैत ६,अर्थमन्त्री जनार्दन शर्माले गत फागुन ३० गते सोमबार सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा अर्थमन्त्री शर्माले त्यसबारे तत्काल छानबिन गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेका अधिकारीहरुलाई निर्देशन दिएका हुन् । उनले यस्ता समस्या बारम्बार दोहोरिन नदिन पनि निर्देशन दिए ।