सुपर लिग झापामा आवद्ध रहेका खेलाडीहरुको १० लाख स्वास्थ्य बीमा

काठमाडौं । चैत ६,नेपाल सुपर लिग एनएसएलको नवआगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्ससँग बीमा पार्टनरका रुपमा सम्झौता गरेको छ ।
सम्झौतापत्रमा क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
यहि चैत २६ गतेदेखि सुरु हुने नेपाल सुपर लिगमा यस सिजनमा थपिएका तीन नयाँ क्लबसहित कुल १० टोलीहरुले सहभागिता जनाउने भएका छन् ।
सम्झौताअनुसार सुपर लिग झापामा आवद्ध रहेका खेलाडीहरुको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा हुनेछ ।