प्रधानमन्त्री पूर्वतिर प्रस्थान

काठमाडौं । चैत ७, प्रधानमन्त्री शेरबहादुर देउवा भर्खरै नेपाली सेनानीको इटालीमा निर्मित भिभिआइपी उडानमा प्रयोग हुने अगुस्ता हेलिकप्टरबाट पूर्वी नेपालतर्फ लाग्नुभएको छ ।
कल साइनको उक्त हेलिकप्टर प्रधानमन्त्री निवास बालुवाटारबाट केही समयअगाडि टेक अफ गरेको हो ।
जसमा खानेपानी मन्त्री उमाकान्त चौधरी पनि हुनुहुन्छ । टोली मोरङ जिल्लाका विभिन्न कार्यक्रमहरुमा सहभागी भई आजै बेलुका काठमाण्डौ फर्कने कार्यक्रम छ ।