न्यायाधीश जो आरक्षण छाडेर खुलामा भिडे

सहयात्रा टिभी

झापा । चैत ७, २०७६ मा खुला प्रतिस्पर्धाबाट न्यायाधीश बने ४५ वर्षीय दिलकुमार बर्देवा । दलितहरू आरक्षणमा मात्रै भर पर्दैनन्, खुला प्रतियोगितामा भिड्न पनि उत्तिकै सक्षम छन् भन्ने उदाहरण हुन  ।

 

खुला प्रतिस्पर्धामा न्यायाधीश बन्ने बर्देवा दलित समुदायका पहिलो प्रतिनिधि हुन् । उनले निरन्तर खुला प्रतिस्पर्धा रोजे । सँगै हात पारिरहे सफलता । ‘सानैदेखि संघर्ष गर्न सिकें, त्यही संघर्षले यहाँ ल्याइपुर्‍यायो,’ न्यायाधीश बनेपछि जिल्ला अदालत झापा आएका बर्देवाले सुनाए, ‘संघर्ष, प्रयत्न र प्रतिस्पर्धा गर्न मज्जा लाग्छ ।’

पूर्वी पहाड ताप्लेजुङको विकट गाउँ मामाङ्खेमा ठिकै आर्थिक हैसियत भएको दलित परिवारमा जन्मिएका बर्देवाको रुचि शिक्षक बन्ने थियो ।

शिक्षण पेसा गर्दागर्दै अचानक निजामती सेवाप्रति उनको झुकाव बढ्यो । निजामतीमा पनि विद्यालय निरीक्षक ताकेका थिए तर लक्ष्य एक्कासि न्याय सेवातिर मोडियो ।

‘बाटो हिँड्दै गएपछि कता–कता पुगिने, थाहा हुन्न रैछ,’ बर्देवाले भने, ‘गाउँमै बसेर केटाकेटी पढाउँछु भन्ने मात्रै थियो, अहिले कहाँबाट कहाँ आइपुगिएछ ।’

आफैं पढेको स्कुलको शिक्षकदेखि न्यायाधीश बन्दासम्म स्वाभाविक बढुवा नजुरेको उनी बताउँछन् । ‘मेरो लागि प्रतिस्पर्धा मात्रै जुरेको रहेछ,’ उनले भने । लोक सेवा आयोगबारे बेलाबेला आलोचना हुने गर्छ ।

 

प्रकाशित : 21 March, 2022

प्रतिक्रिया दिनुहोस्