रुसलाई हतियार दिन्नौःचीन

सहयात्रा टिभी

काठमाडौं । चैत ७, चीनले युक्रेनमा हमला गरिरहेको रुसलाई हतियार एवं गोला बारुद नदिने बताएको छ ।

अमेरिकाका लागि चिनियाँ राजुदूत छिङ गेङले युक्रेनको युद्धमा रुसलाई सहयोग नगर्ने प्रस्ट पारेका हुन् ।

राजदूत छिङ गेङले रुसमा हतियार र गोला बारुद नपठाउने बताएको बीबीसीले जनाएको हो । बेइजिङले जारी संकटलाई मत्थर पार्न सबै उपाय अपनाउने पनि ग्याङको भनाइ थियो ।

त्यस्तै, गेङले अमेरिकी समाचार माध्यम सीबीएससँग कुराकानी गर्दै पश्चिमी मुलुकले रुसको निन्दा गरेर संकट समाधान नहुने र समाधानका लागि असल कुटनीतिको खाँचो रहेको पनि बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनफिङलाई रुसको समर्थन गरे परिणाम भोग्नु पर्ने चेतावनी दिएलगत्तै राजदूत गेङको अभिव्यक्ति आएको हो ।

प्रकाशित : 21 March, 2022

प्रतिक्रिया दिनुहोस्