विष्णु पौडेल सहित एमाले नेताहरू कुनमिङ जाँदै

काठमाडौं । चैत ७, नेपालमा स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीनको कुनमिङ जाने भएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू आज सोमबार चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल आउने कार्यक्रम रहेको सन्दर्भमा एमालेको नेताहरूको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पौडेलसहित नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मीना रखाल चीन जाने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौडेलसहित नेताहरू पाँच दिन चीनमा रहने छन्।
यसैबिच चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल आउने कार्यक्रम छ।