एमालेले तय गर्यो उमेदवारको मापदण्ड
सहयात्रा टिभी
काठमाडौं । चैत ७, एमालेको सोमबार बसेको पहिलो पोलिटब्युरो बैठकले लोकप्रियता र जीतको सुनियोजितता हुनुपर्नेलगायत ६ मापदण्ड तय गरेको हो ।
“उमेदवारीसम्बन्धी निर्णय गर्दा हाल रहेका जनप्रतिनिधिलाई प्राथमिकता दिइने छ,” एमालेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, “तर, त्यसमा उनीहरूको कामको समीक्षा, विकासप्रतिको लगाव, लोकप्रियता र जित्न सक्ने आधारलाई हेरेर निर्णय हुने छ ।”
वैशाखमा स्थानीय तहको निर्वाचन मिति तय भएसँगै सबै दल निर्वाचनमा केन्द्रित भएका छन्