युक्रेनद्वारा मरिउपोलमा आत्मसमर्पण गर्न अस्वीकार

सहयात्रा टिभी

काठमाडौं । चैत ८,रुसको चेतावनीबीच युक्रेनले मरिउपोल सहरमा आत्मसमर्पण नगर्ने जवाफ दिएको छ ।

यसअघि रुसले मरिउपोलमा आत्मसमर्पण गरी हतियार त्यागेको खण्डमा सेना र सर्वसाधारणलाई सुरक्षित रूपमा अन्य स्थानमा जान दिन ‘अल्टिमेटम’ दिएको थियो ।

तर युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले ‘आफ्नो देशका सेनाले हतियार कुनै पनि हालतमा नत्याग्ने’ बताएकी छन् । रुसले आत्मसमर्पण गर्न दिएको समय सकिनुभन्दा अगावै उनको प्रतिक्रिया सार्वजनिक भएको हो ।

रुसले मरिउपोलबाट बाहिरिन चाहनेहरूका लागि सुरक्षित मार्ग खोलिदिने बताएको छ । तर मरिउपोलका एक अधिकारीले रुसको प्रस्ताव विश्वास गर्न नसकिने बताएका बीबीसीले उल्लेख गरेको छ । उनले युक्रेनी फौज अन्तिमसम्म लडिरहने बताए ।

प्रकाशित : 22 March, 2022

प्रतिक्रिया दिनुहोस्